झापा । 

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० बाट टिक जातको गोलिया १० थान काठ प्रहरीले पक्राउ गरेको छ । 

अस्थाई प्रहरी चौकी  माईधार को प्रहरी टोली र रतुवामाई वृक्षारोपण आयोजना केर्खाको  टोलीले १० थान गोलिया काठ पक्राउ गरेको हो । 

शिवसताक्षी १० का बिरु मगरको घरबाट टिक जातको गोलिया १० थान ५८.०७ क्यू.फिट लुकाएर राखेको अवश्थामा बरामद गरिएको छ ।

बरामद भएको काठ आवश्यक कार्वाहीको लागि रतुवामाई वृक्षारोपण कार्यालय केर्खा पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।