हल्दिवारी ।

हिन्दू धर्मसंस्कार अनुसार आमाबुबा जोरै हुँदाहुँदै छोराछोरीले काजक्रिया गर्नु हुँदैन भन्ने मान्यता छ । तर, झापाको हल्दिवारी गाउँपालिका वडा नं ५ का युवा दिनेश न्यौपानेले आफ्ना बुबा र जन्मदिने आमा हुँदाहुदै पनि कान्छी आमाको काजक्रिया गरिरहेका छन् । आमाले जन्म दिएर मात्र आमा हुदैन आमाको कर्तव्य र आफ्नोे जिम्मेवारी पनि बहन गर्न सक्नु पर्छ भन्दै न्यौपानेले कान्छी आमाको काजक्रियामा बसेका छन् । 

पिता मोहन न्यौपानेका दुई सन्तान दिनेश र दिपिका बालकै थिए । पिता वैदेशिक रोजगारीमा भएकोसमयमा अवोध बालक र  घरपरिवार  छोडेर उनकी आमा आफु खुशी अर्काेसँग दोस्रो विवाह गरेर गएकी थिइन् ।

तत्कालीन समयमा दिनेश र दिपिका हजुरआमासँग बसेका थिए । वैदेशिक रोजगारीमा भएका बुबा घर फर्किएपछि बुबाको दोस्रो विवाह भयो । दोस्रो विवाह गरेपछि तिनै कान्छी आमाले उनीहरुलाई हुर्काएकी थिइन् । ‘शिक्षादिक्षा पालनपोषण हेरचाह जसले गर्छ उनै हुन मेरी आमा’ दिनेश भन्छन् । दिनेश कान्छी आमा मातृका देवि उप्रेती न्यौपानेको काजक्रियामा स्वतःस्फुर्त रुपले कोरामा बसेका छन् । तर, समाजमा रहेका केही अग्रज अभिभावक, आफन्त, छिमेकी  र केही गुरूपुरोहितहरू बुबा, आमा दुवै जिउदो हुँदाहँुदै काजकिरिया गर्नु गलत भएको, धर्म संस्कार र संस्कृति विपरित भएको भन्दै आएका छन् । तर, उनी समाजका केही व्यक्तिहरूको यो भनाईलाई नकार्दै काजकिरियामा बसेका छन् ।

गत जेठ ३१ उनकी कान्छी आमाको मृत्यु भएको थियो । भोलिपल्ट असार १ गतेको बिहान घरबाट शवलाई कनकाई आर्यघाट लगिने कुरा भयो । कसैले दिनेशले काजक्रिया गर्न हुन्छ भने कसैले हुन्न भने निकै विवाद चर्कियो । 

त्यसबेला दिनेश साहशिलो र आटिलो बनेर निस्किए । उनले मैले मेरी आमाको काजक्रिया गर्न दिदैन यदि भने जो विरोधमा अघि आउछ उसलाइ बाँकी राख्दिन भन्दै आफ्नो अडान छाडेनन् । पन्डित पुरोहितले हुन्छ भनेर स्व.मातृका देविलाई लिएर आर्यघाटतर्फ अघि बढाईयो । आर्यघाटमा पनि निकै विवाद भयो विवादका बावजुद पनि आफ्नो निर्णय न फेर्ने भनि छोरा दिनेशले आफ्नो हठ छोडेनन् र अन्त्येष्टि गरेर घर आएर काजक्रिया गरिरहेका छन् । अझै काजक्रिया कर्म गराउने गुरूपुरोहितलाई बेला मौका धाक धम्की आउने गरेको बुझिएको छ । तर काजक्रिया भने सौहर्दपुर्ण वातावरणमा अघि बढिरहेको छ ।

उनलाई बालकैमा छोडेर गएकि आमा धर्म परिवर्तगरि इसाई बनि सकेकी छिन् भने दिनेश कि बहिनी दिपिका पनि घुम्न गएको  बेलामा उतै आमासँगै धर्म परिवर्तन गरेकी छिन् । काजक्रियामा बसी रहेको छोराले नै मेरी आमा यिनै हुन अन्य कुनै मेरो आमा नभएको भनी हठ नछोडी कान्छी आमाको क्रियामा बसेका हुन । दिनेश समाज परिवर्तन कसैले गर्दैनन् आफैंबाट शुरु गर्नु पर्छ, अनि आफु परिवर्तन भएपछि मात्र समाज परिवर्तनको कल्पना गर्नु पर्छ भन्ने उदाहरण बनेका छन् ।