झापा ।

  विगत चारवर्षदेखि पूर्वी नाकाबाट हुने अम्रिसो निकासीमा गिरावट हँुदै आएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि गत आर्थिक वर्ष २०७७/०७८ सम्म आइपुग्दा काँकरभिट्टा नाका भएर निर्यात हुने पूर्वी पहाडी जिल्लामा मुख्यः नगदेवालीको रुपमा रहेको अम्रिसोको निर्यात हरेक वर्ष घट्दो क्रममा छ ।

अम्रिसोको माग भारतमा निक्कै बढ्ेको भए पनि निर्यात भने हरेक वर्ष ओरालो लाग्दै गएको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले स्पष्ट पार्छ । कार्यालयको अभिलेख अनुसार गत आर्थिक वर्ष २०७७/०७८मा काँकरभिट्टा नाका भएर ३२ करोड ८९ लाख रुपैयाँ रुपैयाँ मूल्य बराबरको ६ हजार ५ सय ७८ मेट्रिक टन अम्रिसो निर्यात भएको थियो । जुन परिमाण यसअघिको आर्थिक वर्ष २०७६/०७७ को तुलनामा १ करोड ३६ लाख ८६ हजार रुपैयाँ अर्थात् ३ हजार ६ सय १८ मेट्रिक टनले निर्यात कम हो ।

कार्यालय प्रमुख देविन्द्र साहुका अनुसार २०७६/२०७७मा काँकरभिट्टा नाका भएर ३४ करोड २५ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको १० हजार १ सय ९६ मेट्रिक टन अम्रिसो निर्यात भएको थियो ।

भारतसहित बंगलादेशमा नेपालमा उत्पादन अम्रिसोको माग बढेको बढ्यै भएपनि विगत चार वर्षदेखि पूर्वी काँकरभिट्टा नाका हुदँैं भारततर्फ जाने अम्रिसोको निर्यात बर्षेनि घट्दो क्रममा रहेको कार्यालयको भनाइ छ । केही समय अघि हरेक बर्ष यसको निर्यात बृद्घिले माग बढ्ेसँगै निर्यात व्यापार पनि सन्तोषजनक थियो । पूर्वाञ्चल दैनिकबाट साभार