विराटनगर । 

नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक तथा वित्तीय क्षेत्रको मोरङ जिल्ला समिति पुनर्गठन भएको छ ।  संगठनको आज (शुक्रवार)  भएको भेलाले ११ सदस्यीय जिल्ला समिति निर्माण गरेको हो । उक्त समितिको जिल्ला संयोजकमा शिव श्रेष्ठ, सह–संयोजकमा डम्बर थापा,सदस्यमा मोनबहादुर मगर, अशोक राजवंशी, कमला पौडेल, मानव लुईटेल, रञ्जना गिरी, प्रेमकुमार साहलगायत रहेका छन् भने सुशील देब सल्लाहकारमा चयन भएका छन् ।

पेशागत हकहित रक्षामा संगठन क्रियाशील रहने नवगठित कार्य समितिले जनाएको छ । छिट्टै जिल्ला सम्मेलन गरिने समितिका संयोजक शिव श्रेष्ठले बताए । भेलामा नेकपा माओवादी केन्द्र मोरङका संयोजक गणेश उप्रेती (सुशील(, विराटनगर महानगर अध्यक्ष भोगेन्द्र यादवको उपस्थिति थियो ।

यस्तै भेलामा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका प्रदेश अध्यक्ष रुद्र सुवेदी र नेपाल राष्ट्रिय कर्मचारी महासंघ केन्द्रीय सचिवालय सदस्य रेवती ढुङ्गानासमेतले  सो क्षेत्रका आम कर्मचारीको पेशागत हकहितको लागि आवाज बुलन्द गर्दै अगाडि बढ्ने बताए ।