• उद्धव पुरी 

झापा । 

नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का प्रदेश नं. १ सदस्य तथा सामाजिक ब्यक्तित्व ज्योतिसिंह  दर्लामीले आफ्नो पिताको ३७ औं स्मृति दिवसको अवसर पारेर बृद्धबृद्धालाई सम्मान गरेका छन् । 

दर्लामीले आफ्ना स्व. पिता अरुणसिंह दर्लामी पुण्यतिथिका दिन बुधवार झापाको बिर्तामोडस्थित आफ्नै निवासमा ११ जना बृद्धबृद्धालाई सम्मान गरेका हुन् । बृद्धबृद्धालाई मायाको चिनो सानो नगदसहित सम्मान गरिएको थियो । 


‘म १२ बर्षको हुँदा बुबाको निधन भयो’ दर्लामी भने ‘बुबाको फोटो समेत थिएन, पटक–पटक जन्मथलो गएर बुबाको फोटो खोजे, तर कहि पनि फेला परेन, अचानक काकाको छोरो भाई इन्द्र दर्लामीले मेरो बुबाको फोटो म्यासेन्जरमा ६ दिन अगाडि पठाइदिए ।’ वि.स.१९८७ असार ९ गते सिन्धुली जिल्लाको तत्कालीन खुर्कोटबारा (हाल गोलन्जर गाउँपालिका) मा जन्मिएका अरुणसिंहको निधन २०४१ कार्तिक १७ गते भएको उनले बताए । 

j3

वि.स. २०३१ सालमा तत्कालिन नेकपा चौथो महाधिवेशन (चौम) को एरिया इन्चार्ज भएका अरुणसिंह २०३५ सालमा नेकपा चौमको सिन्धुली जिल्ला सदस्य रहेको ज्योतिसिंहले जानकारी दिए । २०३७ सालदेखि २०४१ सालसम्म जेल जीवन बिताएका अरुणसिंहको ०४१ कार्तिक १७ गते मृत्यु भएको ज्योतिसिंहले बताए ।

‘जेलबाट निस्किएको केहि महिनामै बुबाको निधन भयो’ ज्योतिसिंहले भने ‘म सानै थिए, जव म बढ्दै गए बुबाको फोटो खोज्न थाले धेरै पटक सिन्धुली गएर खोजे तर पाउन सकिन अचानक ३७ बर्षपछि बुबाको फोटो भेटे ।’ स्व.अरुणसिंहकी एक मात्र धर्मपन्ति कुन्तिकुमारी दर्लामी छोराहरुसँग बस्दै आएकी छिन् ।   अरुणसिंहका ६ जना छोरा मध्ये ज्योतीसिंह साइला हुन् । जेठा छोरा पुष्प, माइला ज्वाला, काइला प्रज्वल, अन्तरे शशी र बिनोद कान्छा छोरा छन् । त्यस्तै ३ जना छोरी सरस्वती + स्व पर्शुराम राना, उषा + चन्द्रबहादुर थापा र कुस्मिता + हिसन समाल कान्छी जनबादी राष्ट्रिय कलाकार पनि हुन् । 

j1

अरुणसिंहले नेताहरु हरिबोल गजुरेल, सहिद ऋषि देबकोटा, सीपी गजुरेल, इश्वरीप्रसाद दाहाल असारे, चित्रबहादुर आलेमगर, दीपबहादुर योञ्जनजस्ता नेताहरुसँग राजनीतिक सहकार्य गरेको ज्योतिसिंहले सुनाए । ०३२ सालदेखि देखि अरुणसिंहको घर पार्टीको सेल्टरको रुपमा रहेको जनाइएको छ । 

ज्योतिसिंह  दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य झलकसिंह दर्लामी सन्देशको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि दर्लामीले सामाजिक परिवर्तनका लागि योगदान दिएका अरुणसिंहलाई  परम्परागत शैलीभन्दा फरक तरिकाले स्मरण गर्ने संस्कार बसेको बताए ।

j4 (2)

सम्मान कार्यक्रममा नेकपा माओबादीका केन्द्रिय सदस्य दुर्गा चापागाई सचिन,  कनकाई हस्पिटलका प्रवन्ध निर्देशक युवराज डाँगी, हिमालय मेडिसनका सञ्चालक याम खड्का, प्रकाश भट्टराईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बृद्धबृद्धालाई खदा ओढाएर स्वागत तथा सम्मान तारा न्यौपानेले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन माओबादी केन्द्र बिर्तामोड नगर इन्चार्ज युवराज दाहालले गरेका थिए ।      

j5 (2)


भिडियो पनि