झापा ।
सन् १९८१ मा मेङ्लोरमा जन्मिएकी अभिनेत्री अनुष्का शेट्टीले फिल्म क्षेत्रमा धेरै नाम कमाएकी छिन् । उनलाई तमिल र तेलुगु फिल्मकी ‘क्वीन’ पनि भन्छि। अनुष्काको असली नाम स्वीटी शेट्टी हो तर, उनी फिल्मको नामबाट परिचित छिन् । उनले सन् २००५ मा फिल्म ‘सुपर’ बाट डेब्यू गरेकी थिइन् । त्यसपछि उनले लक्ष्यम, शौर्यम फिल्ममा अभिनय गरिन् । अनुष्काले फिल्म अरुन्धतिमा डबल रोल अभिनय गरेकी थिइन् । डबल रोलको अभिनयलाई धेरैले मन पराएका थिए । यो फिल्मले उनले आलोचकको मन पनि जितेकी थिइन् ।
तेलुगुसँगै उनले तमिल फिल्म सिङ्घम, वानम, रुद्रमादेवी जस्ता फिल्ममा देखिइन् । उनके केरियरको अहिलेसम्मकै राम्रो फिल्म साबित भयो एसएस राजामौलीको बाहुबली सीरीज। राजकुमारी देवसेनाको अभिनय गरेर अनुष्का धेरै चर्चामा आइन् । यो फिल्मसँगै उनी दक्षिण सिनेमाकी सबैभन्दा महगी अभिनेत्रीका रुपमा स्थापित भइन् ।
फिल्ममा अभिनेता प्रभासले पनि बाहुबलीको डबल रोलमा अभिनय गरेका थिए । उनले अनुष्काका श्रीमान र छोराको अभिनय गरेका थिए । फिल्मलाई निकै सफलता मिल्नुका साथै प्रभास रअनुष्काको अफेयरको पनि खबर बाहिर आएको थियो । धेरैलाई थाहा नहुन सक्छ फिल्मकै समयमा अनुष्काको बिवाह हुने निश्चित भएको थियो । तर, प्रभासले त्यो बिवाह रोकिदिएका थिए ।
प्रभासले बाहुबली फिल्मका लागि तीन बर्षदेखि कुनै फिल्म साइन गरेका थिइनन् । उनले धेरै मेहनत गरेका थिए भने उनी चाहन्थे अनुष्का पनि यस प्रोजेक्टमा गम्भिर भएर काम गरुन् । यदि अनुष्काले बिवाह गरिन् भने बाहुबली फिल्ममा राम्रो ध्यान दिन सक्दिनन् । त्यसैले दर्शकले प्रभास र अनुष्का साच्चै एकअर्कालाई धेरै मन पराउँछन् भन्ने हल्ला पनि चलेको थियो । उनीहरुले आफुहरु एकदमै मिल्ने साथी मात्र भएको बताए थिए ।
यस बिषलाई लिएर अनुष्काले भनेकी छिन् । प्रभासलाई १५ बर्षदेखि चिन्छिन् र उनका लागि एकदमै मिल्ने साथी हुन् । जसलाई राती ३ बजे पनि फोन गर्न सक्छिन् । अनुष्काले भनेकी छिन् ‘हामीबीच यस्तो केही छैन यदि थियो भने सबै सामु आथ्यो ।’ अहिले प्रभास र अनुष्का दुवै आफ्नो आउने फिल्ममा ब्यस्त छन् र एक पल्ट फेरी उनीहरुको जोडी फिल्ममा देखिने बताएका छन् ।
एजेन्सीको सहयोगमा















