झापा । 

झापाको शिवसताक्षी  र मेचीनगर नगरपालिकाबाट प्रतिबन्धित लागू औषधसहित तीन जना सोमवार पक्राउ परेका छन् । शिवसताक्षी–११ दुधेबाट शिवसताक्षी–१ का २९ बर्षिय साजन राई, सोही स्थानका अन्दाजी ३५ बर्षिय सुन्दर लावती र मेचीनगर–६ स्थित पुरानो मेचीपुलबाट बिर्तामोड –६ का २० बर्षिय सुजन बिश्वकर्मा पक्राउ परेका हुन् । 

दुधेस्थित साकिरा यातयात प्रालिको काउन्टरमा प्र.१–०१–०१३ प ६५८१ नम्बरको स्कुटीमा काठमाडौ पठाउन भनेर चामलको बोरा बोकी आएका राई र लावतीलाई ईलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उक्त चामलको बोरा भित्र लुकाई छिपाई पठाउन लागेको ब्राउन सुगर ९ ग्राम ७७० मिलिग्राम फेला परेकोले स्कुटीसहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरु दुबै जनालाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

त्यसैगरी मेचीनगर–६ स्थित पुरानो मेचीपुलमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदैं गरेका बिर्तामोड–६ बिश्वकर्मालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट खैरो हिरोईन १ ग्राम फेला परेकोले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।