दमक । 

नेपाल दशनामी समाज झापाको माईपश्चिम क्षेत्रिय समिति गठन भएको छ । समाजको आज (शनिवार) दमकमा भएको दोस्रो अधिवेशनले माईपश्चिम क्षेत्रिय समितिको नयाँ कार्य समिति चयन गरेको समाजका झापा सचिव युवराज गिरीले जानकारी दिए । 

अधिवेशनले माईपश्चिम क्षेत्रिय समितिको अध्यक्षमा गौरादहका खगेन्द्र गिरीलाई सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्ष शिवसताक्षीका जीतबहादुर बन, सचिव गौरादहका रन्दिप गिरी, कोषाध्यक्ष दमकका चिन्ता पुरीलाई सर्वसम्मत चयन गरेको छ । 

यसैगरी सदस्यमा गौरीगञ्जका वेदराज गिरी, दमकका देवकुमार पुरी, टिकाराम गिरी, मन्जु पुरी, गौरादहका भेसकुमार भारती, लक्ष्मीप्रसाद गिरी र शिवसताक्षीका कृष्णबहादुर गिरी सर्वसम्मत चयन भएका छन् । १३ कार्यसमिति रहने समाजको क्षेत्रिय समितिमा दुई सदस्यपछि मनोनित गरिने बताइएको छ । 

कृष्ण गिरीको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल दशनामी समाज झापा अध्यक्ष केदार गिरीको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रमको सञ्चालन समाजका कोशी प्रदेश सदस्य ललीत गिरीले गरेका थिए । 

कार्यक्रममा समाजका कोशी प्रदेश सदस्य यादव गिरी, झापा सचिव युवराज गिरी, पूर्व क्षेत्रिय अध्यक्ष केदारबाबु गिरीलगायतको बिशिष्ठ आतिथ्य रहेको थियो ।