बिर्तामोड । 

साना तथा मझौला ब्यवसायी महासघ कोशी प्रदेश तथा झापा शाखाले ब्यवसायी हित तथा उद्धम बिकासका लागि उदय परियोजना बारे छलफल सम्पन्न गरेको छ। 

झापा बिर्तामोडमा सम्पन्न कार्यक्रममा उदय परियोजना अन्तर्गत कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय तथा उदय परियोजनाका कार्यक्रम बिज्ञहरुले सहजीकरण गरेका थिए । 

कार्यक्रममा साना तथा मझौला ब्यवसायी महासघ ,झापाका अध्यक्ष यज्ञराज कडरियाको अध्यक्षता तथा आर्थिक मामिला मन्त्रालयका उप–सचिब खगेन्द्र सापकोटाको प्रमुख आतिथ्य तथा मन्त्रालयका कार्यक्रम ब्यवस्थापक बिमल बास्कोटा, साना तथा मझौला ब्यवसायी महासघ कोशी प्रदेश सचिब दिनेश भक्त श्रेष्ठ, उदय परियोजना ब्यवसायीक सेवा प्रमुख बिष्णु काफ्ले, परियोजना का प्राबिधिक सहायता प्रमुख मोहन गौतमलगायत को आतिथ्य रहेको थियो । 

कार्यक्रममा परियोजनाको बिस्तृत खाका, प्राबिधिक पाटोहरु, ब्यवसायीले आफ्नो उद्धम परियोजनाका तयारी, बैक तथा बित्तीय साझेदारहरुको बारेमा जानकारी  दिएका थिए । 

३० भन्दा बढी विभिन्न क्षेत्रका ब्यवसायीहरु पानी उद्योग, अप्टिकल उद्योग, प्याकेजिङ उद्योग, छापाखाना सन्चालनको सहभागीता रहेको साना तथा मझौला ब्यवसायी महासघका झापा सचिब अनुप सापकोटाले जानकारी दिएका छन् ।