बिर्तामोड ।
राई जातिहरुको भाषा, धर्म, संस्कार र संस्कृतिको जर्गेना गर्न र नव पुस्ताहरुलाई समेट्दै आएको किरात राई यायोक्खा झापाको ९ औं जिल्ला अधिवेशन आगामी भाद्र २० र २१ गते बिर्तामोडमा हुने भएको छ ।
प्रकृतिसँग रमाउने, आफ्नो कुल धर्मलाई सदैव शिरमा राखेर हिड्ने सबै जातजाति, धर्म सम्प्रदायसँग मित्रभाव प्रकट गर्ने किरात राईहरुको उन्नति र प्रगतिका लागि गठित मातृ संगठन किरात राई यायोक्खा झापाले बुधवार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अधिवेशनको तयारीका बारेमा जानकारी दिएको हो ।
यायोक्खा झापाले अधिवेशन सम्पन्न गर्न बिभिन्न उपसमितिहरु गठन गरेको छ । यायोक्खा झापाका उपाध्यक्ष लीलाबहादुर राईको संयोजकत्ववमा तयारी उप–समिति गठग गरिएको छ जसमा सह–संयोजक के.डि. राई छन् भने सदस्सयमा जिल्ला कार्यसमितिका पदाधिकारी सबै, बिर्तामोड नगर र अर्जुनधारा नगर अध्यक्ष र सचिव रहेका छन् ।
यसैगरी आर्थिक उप–समितिको संयोजकमा झापा सचिव गौरिमान राई रहेका छन् भने सदस्यमा आनन्द राई, सुनिल राई, हिरन्य राई, सन्तोष राई रहेका छन् । प्रचारप्रसार उप–समिति संयोजकमा झापा सह–सचिव सन्देश राई रहेका छन् भने सदस्यमा राजन सम्पाङसहित किरात राई पत्रकार संघ झापा, रजनि राई, सबै पालिका समितिका सचिव छन् । अतिथि सत्कार उप–समितिको संयोजकमा चिजा राई रहेकी छिन् भने सह–संयोजकमा रामकुमारी राई साथै सदस्यमा तारा राई, दिलकुमारी राई, बसन्ति राई रहेका छन् ।
त्यस्तै युवा तथा स्वयंसेवक उप–समितिको संयोजकमा सुनिल राई रहेका छन् भने सदस्यमा जितेन साम्पाङ, मिलन रुम्दालि, अयुप राई, सञ्जय राईलगायत रहेको अध्यक्ष गणेशबहादुर राईले जानकारी दिए । अधिवेशनको प्रमुख अतिथि किरात राई यायोक्खाका जीवन हताक्ष राई रहने बताइएको छ ।
२६ भाषी राईहरु मध्ये प्रायः सबै भाषी राई जातिहरु झापा जिल्लामा बसोवास गर्दै आएका र नेपालको जनगणना २०७८ को तथ्याङ्क अनुसार झापामा करिव ६० हजार राईहरुको जनसख्या यायोक्खा झापाका सचिव गौरीमान राईले जानकारी दिए ।
झापाको १५ वटै पालिका अन्र्तगत विभिन्न ३७ स्थानमा किरात राई यायोक्खाको प्रारम्भिक समिति तथा संयुक्तवडा समितिहरु निर्माण भई विभिन्न रचनात्मक गतिविधि गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । गठित सबै समितिले उभौली उधौली पर्व हर्षो उल्लासका साथ मनाउदै सबैलाई भाइचारा सम्बन्ध कायम गर्दै आएको बताइएको छ । यायोक्खा झापा जिल्ला समितिले ९ औं जिल्ला अधिवेशन किरात राई जातिलाई अझ उन्नति र प्रगति पथमा लैजानका लागि नयाँ समिति निमार्ण गर्न लागिएको बताइएको छ ।
केही दाजुभाईले उठाउँदै आएको सुनसरीको धरान स्थित ऐतिहासिक किरात समुदायको स्थल विजयपुर दरवार आपसी समझदारीमा समाधान हुँदै गएको जानकारी पनि जानकारी पत्रकार सम्मेलनमा गराइएको छ ।
प्रचारप्रसार उप–समिति संयोजक तथा झापा सह–सचिव सन्देश राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा झापा अध्यक्ष गणेशबहादुर राईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अध्यक्ष गणेशबहादुर राई, सल्लाहकार दिपिन राईलगायतले पत्रकारहरुको जिज्ञासाका जवाफ दिएका थिए । अधिवेशन सम्पन्न गर्न अनुमानित ५ देखि ७ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।


















