बिर्तामोड ।
पूर्वाञ्चल राष्ट्रिय दैनिकको स्थापनाकालदेखि वरिष्ठ प्राविधिकका रूपमा कार्यरत भद्रपुर निवासी गोपाल मण्डल अस्वस्थ भएका छन्। मुटुसम्बन्धी गम्भीर समस्या देखिएपछि उनलाई उपचारका लागि काठमाडौँस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ। वि।सं।२०५२ सालदेखि नियमित रूपमा प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिकको प्रकाशन यात्रामा लामो समयदेखि प्राविधिक जिम्मेवारी सम्हाल्दै आएका मण्डललाई मुटुको भल्बसम्बन्धी समस्या देखिएको हो। चिकित्सकले मुटुका तीन वटा भल्ब खोल्न शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको परिवारले जनाएको छ।
मण्डलका छोरा तथा पूर्वाञ्चलकर्मी पार्थ मण्डलका अनुसार बुबाको उपचारका लागि तत्काल शल्यक्रिया आवश्यक देखिएको छ। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई झापाबाट काठमाडौँ लगेर गंगालाल हृदय केन्द्रमा उपचार गराइरहेको उनले बताए।
पार्थले भने– बुबालाई उपचारका लागि काठमाडौँ ल्याएको छु। चिकित्सकले तीन वटा भल्ब खोल्नुपर्ने र त्यसका लागि शल्यक्रिया गर्नुपर्ने छ । पूर्वाञ्चल दैनिकको स्थापना समयदेखि नै प्राविधिक क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएका मण्डलको अस्वस्थताप्रति पूर्वाञ्चलकर्मी, सञ्चारकर्मी तथा शुभेच्छुकहरूले चिन्ता व्यक्त गरेका छन्। साथै मण्डललाई स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।


















