झापा ।
चीनतर्फबाट आएको विनाशकारी बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएको छ । रसुवासहित नुवाकोट, धादिङसहितका त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीले व्यापक जनधनको क्षति भएको हो ।
बाढीसँगै अहिले सुरक्षा निकाय उद्धार र राहतमा केन्द्रित भएको छ । यस्तै विभिन्न राजनीतिक दल, संघ संगठनले पनि आवश्यक समन्वय गरेका छन् । बुधबार बिहानसम्म २२ जनाको मृत्यु भइसकेको छ भने भौतिक क्षतिको कुनै लेखाजोखा छैन । सडक, विद्युत् आयोजना, खानेपानी आयोजनामा उत्तिकै क्षति भएको छ ।
रसुवा बाढीमा ६ जना स्वास्थ्यकर्मी बेपत्ता भएका छन्। उत्तरगया गाउँपालिका र गोसाईंकुण्ड गाउँपालिकाका ६ जना स्वास्थ्यकर्मी बेपत्ता भएका हुन्। पृथ्वी राजमार्ग, मुग्लिन नारायणघाट सडक खण्ड अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द गरिएको छ। बुधबार रातिको समयमा सवारी आवागमन बन्द गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । रातिको समयमा जोखिमको अवस्था पहिचान गर्न कठिन हुने भन्दै सम्भावित दुर्घटना तथा मानवीय क्षति हुन नदिन सवारी आवागमन बन्द गरिएको प्रहरीले बताएको छ। प्रहरीले अत्यावश्य कामबाहेक यात्रा नर्गन र सुरक्षित रहन अनुरोध गरिएको छ।
रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन् । नेपाल प्रहरीका अनसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन् ।
नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३, मैलुङमा पाँच जना, बेत्रावतीमा चार जना, त्रिशूली–काठमाडौँमा तीन जनाको उद्धार गरेको छ । रसुवामा रहेको चिलिमे जलविद्युत कम्पनी लिमिटेडको सुरुङभित्र ६ जना कर्मचारीहरू फसेका छन्। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण उत्पन्न विषम परिस्थितिका कारण उनीहरू सुरुङभित्रै थुनिएका हुन्। चिलिमे जलविद्युत कम्पनीका अनुसार सुरुङभित्र थुनिएका कर्मचारीहरूलाई निकाल्नका लागि नेपाली सेना र अन्य उद्धार टोलीहरूले प्रयास गरिरहेका छन्। तर, बाढी र प्रतिकूल भौगोलिक अवस्थाका कारण उद्धारकर्मीहरू अहिलेसम्म कर्मचारीहरू भएको स्थानसम्म पुग्न सकेका छैनन्। उद्धार कार्यमा भइरहेको ढिलाइ र कठिन अवस्थाले गर्दा कर्मचारीका परिवार र आफन्तहरू निकै चिन्तित बनेका छन्।
रसुवास्थित भोटेकोशी नदीमा बुधवार बिहान आएको विनाशकारी भीषण बाढीबाट प्रभावित तथा पीडित नागरिकको उद्धार, राहत र स्वास्थ्य सेवाका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले तत्काल ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले सङ्घले यो निर्णय गरेको हो।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा बुधबार बसेको बृहत् भर्चुअल बैठकले रसुवाका बाढीपीडितका लागि तत्काल राहत तथा स्वास्थ्य सेवामा सहयोग गर्ने निर्णय गरेको हो।
रसुवा स्थित भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ । अहिलेसम्म ७२ जनाको शव भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले बताए । रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित नदी तटिय क्षेत्रमा शव भेटिएको हो । भेटिएका शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको डीआईजी काफ्लेले जानकारी दिए ।
बाढीमा परेका २८ जना प्रहरी कर्मचारी सम्पर्कमा छैनन् । बुधबार बिहान ९ बजेतिर चीनको तिब्बत तर्फबाट आएको ल्हेन्दे खोलाको बाढी रसुवाको भोटेकोशीमा मिसिएर ठुलो क्षति पुगेको हो । बाढीका कारण रसुवाको टिमुरे र मैलुङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू पनि सम्पर्कविहीन भएका छन् ।
भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा पुनर्स्थापना गरी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सुचारु गर्न नेपाल विद्युत् प्राधिकरणले काम तीव्र बनाएको छ। बुधबार आएको बाढीका कारण विद्युत् संरचनामा ठुलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा विद्युत् सेवा नियमित गर्न प्राधिकरणले आवश्यक प्राविधिक जनशक्ति तथा स्रोतसाधन परिचालन गरेको छ। साथै, विद्युत् आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्थासमेत अपनाइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीबाट संरचनामा उल्लेख्य क्षति पुगे पनि प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र नियमित गर्ने उद्देश्यले मर्मत तथा पुनर्स्थापनाको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, खोजी, राहत तथा उपचारका कार्यलाई तीव्र बनाउन आग्रह गरेका छन्। पूर्वराजा शाहले बुधबार देशवासीका नाममा सन्देश जारी गर्दै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका जलतटीय क्षेत्रमा रहेका बजार, बस्ती तथा नागरिक प्रभावित भएको उल्लेख गरेका छन्।
बाढीबाट बाटोघाटो, पुलपुलेसा, विद्युत् आयोजना, खेतीपाती लगायतका भौतिक संरचनामा ठुलो क्षति पुगेको भन्दै उनले घटनाले आफूलाई अत्यन्तै दुःखित तुल्याएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घले भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका तटीय क्षेत्रमा पुर्याएको ठुलो क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन र उद्धार तथा राहत कार्यमा जुट्न सम्बन्धित सबैलाई आह्वान गरेको हो ।
बाढीको सघन असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने र त्रिशूली नदी जोडिएका सबै तटीय क्षेत्रहरू उच्च जोखिममा रहेकाले तत्काल सतर्कता अपनाउन महासङ्घले आग्रह गरेको छ ।
सरकारी निकायले पृथ्वी राजमार्गसहित उक्त कोरिडोरका सडकहरूमा आवागमन रोक्न गरेको आग्रहलाई पालना गर्दै महासङ्घले उद्यमी–व्यवसायी, सर्वसाधारण र यात्रीहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
रसुवा स्थित भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ । अहिलेसम्म ७२ जनाको शव भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले बताए । रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित नदी तटिय क्षेत्रमा शव भेटिएको हो । भेटिएका शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको डीआईजी काफ्लेले जानकारी दिए ।
बाढीमा परेका २८ जना प्रहरी कर्मचारी सम्पर्कमा छैनन् । बुधबार बिहान ९ बजेतिर चीनको तिब्बत तर्फबाट आएको ल्हेन्दे खोलाको बाढी रसुवाको भोटेकोशीमा मिसिएर ठुलो क्षति पुगेको हो । बाढीका कारण रसुवाको टिमुरे र मैलुङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू पनि सम्पर्कविहीन भएका छन् ।


















