भद्रपुर ।
लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीले गुरुकुलका वटुकहरुलाई विहानको खाना खुवाइएको छ । झापाको भद्रपुर–६ मा रहेको श्री कृष्ण द्वैपायन गुरुकुलका ८० जना वटुकहरुलाई बुधवार विहानको खाना खुवाएर स्वस्ति वाचनसहित कार्यक्रम सम्पन्न भएको स्मार्ट लेडी अध्यक्ष सरु भुर्तेल खनालले जानकारी दिइन् ।
अध्यक्ष सरुका अनुसार प्रज्वल घिमिरेको जन्मदिनको अवसर श्री कृष्ण द्वैपायन गुरुकुलका ८० जना वटुकहरुलाई विहानको खाना खुवाएको हो । लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीकि अध्यक्ष सरुको अध्यक्षतामा भएको खाना खुवाउने कार्यक्रममा स्मार्ट लेडिकि न्यु भ्वाइस क्लब एक्टेन्सन को–अर्डिनेटर लायन पार्वता गिरीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा रिजन चियर पर्सन लायन मन्जु उप्रेती, प्रथम उपाध्यक्ष लायन गोमा मैनाली, द्वितीय उपाध्यक्ष लायन पुनम उप्रेती, तृतीय उपाध्यक्ष लायन मीरा खड्का, सह–कोषाध्यक्ष लायन बन्दना उप्रेती, सदस्यद्वय पुनम ओडारी र श्वेता उप्रेती, व्यङ्ग्य पत्रकार ज्ञानमणी भुर्तेल र ध्रुब चापागाईंको पनि उपस्थितिरहेको थियो ।
यसैगरी कार्यक्रममा श्री कृष्ण द्वैपायन गुरुकुलका अध्यक्ष शान्ता भट्टराई बराल, कोषाध्यक्ष तोसल दाहाल, प्रथम उपाध्यक्ष प्रेमप्रसाद भट्टराई, सदस्य गोपाल भुर्तेल, भद्रपुर लायन्स क्लबकि पूर्व अध्यक्ष शर्मिला अधिकारी, निवर्तमान अध्यक्ष उर्मिला गौतमलगायतको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत अध्यक्ष सरुले गरेको कार्यक्रममा प्रमुख अतिथि पार्वता गिरी, श्री कृष्ण द्वैपायन गुरुकुलका अध्यक्ष शान्ता भट्टराई बरालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन रिजन चियर पर्सन मन्जु उप्रेतीले गरेकी थिइन् । गुरुकूलमा आर्थिक अभावका कारण सञ्चालनमा समस्या हुने गरेको बताउँदै गुरुकुलकी अध्यक्ष शान्ताले यस्ता कार्यक्रमले केहि हदसम्म भएपनि सहज हुने भन्दै लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीलाई धन्यवाद दिएकी थिइन् ।


















