लक्ष्मीपुर ।
झापाको कनकाई नगरपालिका–८, लक्ष्मीपुरस्थित हिमाली माध्यमिक बिद्यालयको व्यावस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त भेलालले बिभिन्न निर्णयसहित दुई समिति गठन गरेको छ ।
बिद्यालयमा बुधवार बसेको संयुत्तm बैठकले विद्यालयमा पाँच सदस्यीय सल्लाहकार समिति र सात सदस्यीय विज्ञ परामर्श दाता समिति गठन गरेको होे। केशवप्रसाद ओझाको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ । जसको सदस्यमा दुर्गाप्रसाद पराजुली, नन्दकुमार चुडाल, नेत्र नेपाल र छविलाल कटेल रहेका छन् ।
यसैगरी चन्द्रमोहन उप्रेतीको संयोजकत्वमा विज्ञ परामर्श दाता समिति गठन गरेको छ । समितिको सदस्य प्रेमवहादुर कटुवाल, वृहस्पति उप्रेती, सुनिता सिग्देल, केदार शमशेर गिरी, छविलाल लम्साल र चन्द्रमणि हुमागाईं रहेका विद्यालयको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एल.बी. पालुङ्वाले जानकारी दिए ।
विद्यालयको सर्वोपरी हितलाई ध्यानमा राखेर उनीहरुले विद्यालयमा गरेको योगदान, विज्ञता एवं अनुभवलाई समेत मध्यनजर गरि समितिमा मनोनित गरिएको अध्यक्ष पालुङ्वाले बताएका छन् ।
ती दुवै समितिमा रहेका विद्यालयको अग्रज महानुभावहरुले विद्यालयको स्तर उन्नति, विकास र गुणस्तरीय शिक्षा कायम गर्ने गराउने विषयमा सदैव उचित सल्लाह तथा परामर्श बिद्यालयले पाउने बिश्वास ब्यक्त गरेको अध्यक्ष पालुङ्वाले जानकारी दिए ।


















