झापा ।
भोटेकोशीमा आएको बाढीबाट पीडितहरूको सहयोगका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र अन्य संघसंस्थाले सक्रियता देखाएका छन् ।
संघसहित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चलगायतका संघसंस्थाले अप्रत्याशित रूपमा आएको बाढीले अपूरणीय क्षति पुर्याएको भन्दै बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि केन्द्रित हुने बताएका छन् ।
संघले नागरिकमाथि विपद् पर्दा देशको जिम्मेवार निजी क्षेत्रका रूपमा प्रभावित नागरिकको साथमा उभिनु संघको सामाजिक उत्तरदायित्व र साझा दायित्व भन्दै विपद्को घडीमा संघ तथा संघमा आबद्ध सम्पूर्ण व्यवसायीहरू प्रभावित नागरिकको साथमा रहेको जनाएको छ ।
नेपाल सरकारको नीति, निर्देशन तथा सम्बन्धित निकायसँगको आवश्यक समन्वयमा एकद्वार प्रणालीमार्फत राहत, उद्धार तथा आवश्यक आर्थिक एवं मानवीय सहयोगमा सहभागी हुने संघले जनाएको छ ।

















