झापा । 

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ३ सय ८९ जना पुगेको छ ।  रसुवामा १७ जना, नुवाकोटमा २८ जना, धादिङमा ३३ जना, चितवनमा १ सय ३७ जना, गोरखामा ३२ जना, तनहुँमा २८ जना, नवलपरासी पूर्वमा ८७ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कले देखाएको हो । 

अहिलेसम्म १ हजार ९७६ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ । अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३ सय ५० मजदुर तथा स्थानीयलाई पनि नेपाली सेनाले उद्धार गरेको छ ।

अहिलेसम्म सम्पर्कविहीन भएकाहरुको संख्या ९७७ पुगेको छ । तीमध्ये ५ सय १७ जना विदेशी नागरिक छन् । घाइते ७३ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । खोज तथा उद्धारको लागि १३ हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ ।