झापा । 

रसुवा जिल्लाको भोटेकोशी नदीमा गत भदौं १० गते आएको विनाशकारी बाढीमा परी कोशी प्रदेशका १ सय ५७ जना सम्पर्क बिहिन मध्ये १८ जना मात्र सम्पर्कमा आएका छन् । 

 कोशी प्रदेशका १४ जिल्लाहरुमा घर भई रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरुमा रोजगारी, व्यापार, पर्यटन र अन्य कामको शिलसिला तथा धार्मिक स्थल भ्रमणको क्रममा गएका उनीहरु विनाशकारी बाढीको कारण हालसम्म सम्पर्कमा नआएका र आएका व्यक्तिहरू प्रहरीले विवरण सार्वजनिक गरेको हो । 

झापाका ११ जना मध्ये १ जना सम्पर्कमा आएका छन् । इलामका १२ जनामा २ जना सम्पर्कमा आएका छन्, ताप्लेजुङका ५ जना मध्ये ३ जना सम्पर्कमा, मोरङका १६ जनै अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । यसैगरी धनकुटाका २ जना, संखुवासभाका ३ जना, भोजपुरका २ जना भने कोही पनि अहिलेसम्म सम्पर्कमा नआएको बताइएको छ । 

सुनसरीका १७ जनामा ४ जना सम्पर्कमा,  उदयपुर १९ जनामा ३ जना सम्पर्कमा, ओखलढुङ्गाका २१ जनामा २ जना सम्पर्कमा, खोटाङका ८ जनामा १ जना सम्पर्कमा, सोलुका ४१ जनामा २ जना सम्पर्कमा आएको तथ्याङ्कमा उल्लेख छ । पाँचथर र तेह्रथुमबाट भने कोही विनाशकारी वाढीमा नपरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले शुक्रवार साँझ उपलब्ध गराएको तथ्याङ्कमा छ । 

Screenshot 2026-08-29 080806