चारपाने । 

देशकै सवै भन्दा ठूलो सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रसुवा वाढीपिडीतहरुलाई १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । 

झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको साकोसले गत भदौं १० गते रसुवाको भोटेकोशीमा आएको बिनाशकारी बाढीका कारण प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए । 

‘मेरो गौरव, मेरो सहारा, सवैका लागि सधैंका लागि’ भन्ने नाराका साथ रसुवा, नुवाकोटलगायतका जिल्लामा बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुर्नरस्थापनाका लागि थोरै भएपनि योगदान पुर्याउने उद्देश्यले सहयोग प्रदान गर्ने निर्णय भएको कार्यकार प्रमुख गिरीले बताए । 

सहारा नेपालले दिवंगतप्रति श्रद्धाञ्जली प्रकट गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै वेपत्ताहरुको सकुशल उद्धारको कामनासमेत गरेको छ ।