बिर्तामोड ।
रसुवा वाढीपिडीतलाई सामुहिक रुपमा राहत सहयोग गर्न बिर्तामोड उद्योग बाणिज्य संघले व्यवसायीहरुसँग छलफल गरेको छ । आज (शनिवार) संघको सभाहलमा भएको छलफलका क्रममा ६ लाख ५६ हजार ९३२ रुपैयाँ संकलन भएको छ ।
संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा आर.ए.थापा इन्टरप्राइजेजका तर्फबाट सञ्चालक तथा संघका पूर्व अध्यक्षसमेत रहेका राजेन्द्रकुमार थापाले ५ लाख एक हजार १२१ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
यस्तै अन्य व्यवसायीहरुले पनि स्वेछिक रुपमा सहयोग घोषणा गरेका छन् । गत भदौं १० गते रसुवाको भोटेकोशीमा आएको भिषण वाढीले ठूलो जनधनको क्षति भएकोे र संघको तर्फबाट पनि सामुहिक रुपमा सहयोग गर्ने उद्देश्यले स्वेछिक रुपमा सहयोग संकलन गरिएको अध्यक्ष राजु न्यौपानेले बताए ।
उनले संघको नेतृत्वमा बाढी पिडीतका लागि स्वेछिक रुपमा राहतका लागि सहयोग संकलन सुरु गरिएकाले सवै ब्यापारी, व्यवसायी तथा उद्योगीहरुलाई सहयोग गर्न हार्दिक अनुरोध गरेका छन् ।
संघले आयोजना गरेको छलफल कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, संघका पदाधिकारी तथा सदस्य, व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।


















