झापाको चन्द्रगढी स्थित वर्तमान साहित्य प्रतिस्ठानको २९ औ वार्षिक उत्सव आइतबार सम्पन्न भएको छ ।
भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर प्रमुख पोखरेल, उप प्रमुख राधा कार्की, नगर कला, साहित्य तथा सङ्गीत प्रतिस्ठान अध्यक्ष चिन्तामणि दाहाल, पत्रकार मोहन काजी साथै साहित्यकार केशव आचार्य, कुमार भट्टराई लगायतले नेपाली साहित्यमा वर्तमान साहित्य प्रतिस्ठानले पुर्याएको योगदानको बारे चर्चा गरेका थिए।
वर्तमान साहित्य प्रतिस्ठानका सस्थापक अध्यक्ष प्रा.डा . रत्नमणि नेपालले सस्थाको गतिविधि प्रकाश पारेको उक्त कार्यक्रममा कवि हरि प्रसाद नेउपाने, कृस्ण सुबेदी निराकार र गीता सुबेदी नेपालले कविता वाचन गरेका थिए ।
सस्थाका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता बिकास पान्डेको स्वागत र महेन्द्र कोइरालाको सन्चालन रहेको कार्यक्रममा स्थानीय गायक निरज पोखरेलले गीत प्रस्तुत गरेका थिए ।


















