शिवसताक्षी ।
झापा शिवसताक्षी नगरपालिका - १ को धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक तथा लेखापरीक्षण समिति निर्विरोध निर्वाचित भएको छ । सञ्चालक समिति अध्यक्षमा कुमार शंकर र लेखा संयोजकमा लक्ष्मीप्रसाद बजगाईं निर्विरोध निर्वाचित भएका हुन् ।
संस्थाका व्यवस्थापक विनोद ढकालका अनुसार सञ्चालक समिति उपाध्यक्ष चन्द्रकुमार खड्का, सचिव नारदमणि रिमाल र कोषाध्यक्षमा चक्रबहादुर माझी चयन भएका छन् ।सञ्चालकसदस्यहरूमा यामकुमार गुरुङ, काजीमान बुढाथोकी, सावित्रा ढकाल, रूपा लिम्बू र विमला कार्की निर्विरोध चयन भएका छन् ।त्यस्तै लेखा सदस्यमा प्रेमप्रसाद पोखरेल र उमा कटुवाल सर्वसम्मत छानिएका हुन् ।
आइतबार संस्थाको १७ औँ वार्षिक साधारणसभा तय भएको छ । छैटौँ कार्यकालका लागि नवनिर्वाचित सञ्चालक समिति र लेखासुपरीवेक्षण समितिको सपथ ग्रहण सोही दिन हुने व्यवस्थापक ढकालले बताए ।


















