चारपाने ।
धेरै सामाजिक संघ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी कुशल महिला नेत्रृ पार्वता भारती गिरीले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आगामी असोज १० गते हुने निर्वाचनमा महिला उपाध्यक्षमा उम्मेद्वारी दिएकी छिन् ।
झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको देशकै ठूलो सहकारी संस्था सहारा नेपाल साकोसको निर्वाचनमा आफ्ना चार बुँदे प्रतिबद्धतासहित पार्वता चुनावी मैदानमा उत्रिएकी हुन् ।
यसअघि संस्थाको सञ्चालक समिति सदस्यसमेत रहेकी पार्वताले धेरै संघसंस्थामा नेतृत्व तहमा रहेर कुशल नेतृत्व गरिसकेकी छिन् । उनले पारदर्शी र जवाफदेही संस्था, महिला सशक्तिकरण र सहभागिता, सदस्यको हित र विश्वासलाई प्राथमिकता र आधुनिक र सक्षम सहकारी निर्माण गर्नेलगायतका प्रतिवद्धतासहित उम्मेद्वारी दिएकोे बताइन् ।
‘तपाईको सानो मत, सहकारीको ठूलो भविष्य, आउनुहोस, सँगै अघि बढौंࡆ’ भन्ने नारासहित पार्वताले अमूल्य मत दिई अत्याधिक बहुमतले विजयी गराइदिन सम्पूर्ण शेयर सदस्यहरुमा हार्दिक अपिलसमेत गरेकी छिन् ।
संस्थामा ९ जनाको सञ्चालक समिति र तीन सदस्य लेखा सुपरिवेक्षण समिति गरी १२ पदका लागि उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् । ६ वटा जिल्ला कार्यक्षेत्र रहेको संस्थाको ८० वढी सेवा केन्द्र रहेका छन् भने करिव २ लाख सदस्य रहेका छन् ।



















