बिर्तामोड ।
नेपालकै उत्कृष्ट नम्बर एक सहकारी संस्था सहरा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आगामी असोज १० गते हुने निर्वाचनमा कार्यसमितिको महिला सदस्य पदमा शसक्त उम्मेद्वारको रुपमा राधिका चुडाल हुमागाँई चुनावी मैदानमा उत्नुत्रिएकी छन् ।
सहारा नेपाल साकोसको साखलाई जोगाइ राख्न् क्रियासिल, जुझारु र उद्यमसिलतामा संलग्न उम्मेदवारको आवश्यकता पर्ने भएको हुँदा आफुले उम्मेदवारी दिएको चुडालले बताइन् ।
महिला शसक्तिकरण, महिलाको बित्तीय क्षेत्रमा सहज पहुँच, महिला उद्यमसिलता, सहकारी मार्फत रोजगारी र स्वरोजगारी तथा सदस्यको बचत र कर्जा प्रवहमा गएको पुँजीको सुरक्षा लगयत बिषय आफ्नो प्राथमिकतामा रहेको राधिकाको भनाइ छ ।
बिर्तमोड उद्योग बाणिज्य संघको कार्यसमिति सदस्री, सह–कोषाध्यक्ष र हाल महिला उद्यमी समूको अध्यक्षको रुपमा बित्तीय क्षेत्रमा कृयासिल सदस्य उम्मेदवार चुडालले राधाकृष्ण गिफ्ट हाउस आफैं संचालन गरेर महिला आय आर्जनको क्षेत्रमा नेतृत्व गर्दै आएकी छिन् ।
बिपन्न महिलालाई रोजगारी र स्वरोजगारी मार्फत आय आर्जनको क्षेत्रमा नजोडेसम्म महिला शसक्तिकरण नारामा मात्र सीमित हुने धरणा राख्नुहुने चुडालले महिलालाई उद्यमी समूह मार्फत विभिन्न सिपमुलक तालिम, ब्यवसाय प्रवर्धन, बिपन्न विद्यार्थी सहयोग कार्यक्रम, सचेतना, सरसफाई र सामाजिक सहकार्यका कामहरु गर्दै आएकी छिन् ।
आर्थिक रुपमा महिलालाई आत्मनिर्भर नबनाएसम्म परनिर्भरता नहटने देशमा महिलाहरु पछौटेपनको सिकार भइरहने भएको हुँदा बैंक तथ बित्तीय संस्थाहरुबाट महिलाले संचालन गरेको २० लाख पुँजी सम्मका पेशा(ब्यसाय र लघु उद्यमलाई अवस्था र प्रकृति मुल्यांकन गरी ब्याज रकममा पूर्ण अनुदान र ५० प्रतिशात अनुदानको कार्क्रम ल्याइनुपर्नेमा उनको जोड रहेको छ ।


















