झापा ।
झापाको बिर्तामोड–२ स्थित चारपानेमा मूल कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको भौडाहा सेवा केन्द्रले आगलागी पिडीत सदस्यलाई राहत सहयोग गरेकोे छ ।
साकोसको भौडाहा सेवा केन्द्र अन्तरगत मोरङको रतुवामाई नगरपालिका–१० स्थित समूह नम्बर २८ कि सदस्य काईली सोरेनको मुल घरमा गत भदौ २६ गतेका दिन अचानक विद्युत करेन्ट सर्ट भएर आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो ।
आगलागीबाट घरमा रहेको अन्नपात, लता कपडा, मोटरसाइकल, हाते ट्रयाकटर लगायत सम्पूर्ण घरायसी सामाग्रीहरु जलेर पूर्ण रुपमा क्षति भएको साथै परिवारको एक जना सदस्य काठमाडौमा उपचारको लागि लगिएको सेवाकेन्द्र प्रमुख पदमप्रसाद सापकोटाले जानकारी दिए ।
उक्त बिपत्तिको घटनामा सस्थाको तर्फबाट सदस्यलाई अत्यावश्यक राहत सामाग्रीहरु उपलब्ध गराइएको छ । पिडीत परिवारलाई अति आवश्यक लत्ताकपडा, भाडाँकुडा हिजो शनिवार वितरण गरिएको सेवा केन्द्र प्रमुख सापकोटाले जानकारी दिए ।
रतुवामाई नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष भुलबहादुर कार्कीसहित स्थानिय गाउँ छर छिमेकी तथा सदस्य र सेवा केन्द्रका कर्मचारी ओमनाथ राजवंशी, नानीमाया बिस्ट र सेवाकेन्द्र प्रमुख पदमप्रसाद सापकोटाको उपस्थितिमा पीडित परिवारलाई अत आवश्यक सामानहरु बितरण गरिएको थियो ।


















