चारपाने ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आसन्न निर्वाचनमा भरतकुमार गिरीको नेतृत्वमा प्यानल खडा भएको छ । झापाको बिर्तामोड–२, चारपानेमा मुख्य कार्यालय रहेको साकोसको आगामी असोज १० गते हुने निर्वाचनमा भरतकुमार गिरीको नेतृत्वमा प्यानल खडा भएको हो ।
गिरी नेतृत्वको प्यानलमा बरिष्ठ उपाध्यक्षमा ज्ञानुनाथ मैनाली, महिला उपाध्यक्षमा खिनमाया बस्नेत (सिता), कोषाध्यक्ष भोला धिताल छन् भने सदस्यममा तीर्थराज सिग्देल, लालबहादुर गिरी, सुजन खरेल, तारा भट्टराई र रेनुका उप्रेती मैनाली रहेका छन् ।
यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा शंकर सुवेदी र सदस्यहरुमा नीरजकुमार ओली र शुक्रबहादुर ताामाङ रहेका छन् ।
गिरीको नेतृत्वमा रहेको संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा योग्य तथा सक्षम उम्मेदवारहरु भएकाले अत्यधिक मत दिई विजयी गराइदिन उम्मेद्वारहरुले सम्पूर्ण शेयर सदस्यहरुमा हार्दिक अनुरोध गरेका छन् ।
यता छविलाल खतिवडा र उपेन्द्रप्रसाद ओलीको नेतृत्वमा पनि प्यानल खडा गरि चुनावी प्रचारप्रसारलाई ब्यापक बनाइँदैछ । गिरी, खतिवडा र ओली गरी तीन प्यानल खडा भएसँँगै संस्थाको निर्वाचनमा त्रिपक्षिय भिडण्त हुने भएको छ । देशकै सवै भन्दा ठूलो सहकारी संस्था सहारा नेपाल साकोसको ६ वटा जिल्ला कार्यक्षेत्र रहेको छ भने ८० वटा सेवा केन्द्र र करिव २ लाख सदस्यहरु रहेका छन् ।



















