• रन्जित परियार 
बुट्टाबारी । 

आइतमाया थेबे स्मृति प्रतिष्ठान मेचिनगर–१३  चारआली झापाको १५ औं बार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न गरेको छ । परिवारको मात्र नभएर समाजका लागि एउटा उदाहरणीय अभिभावकको रूपमा आइतमाया थेबेलाइ लिने गरिन्छ ।

उनका छोराछोरीहरुले २०६८ सालमा प्रतिष्ठान स्थापना गरि पाँच लाख बराबरको अक्षयकोष समेत स्थापना गरेका छन् । देश र समाजका लागि योगदान पुर्याउने  शिक्षा, साहित्य, समाजसेवी,  खेलाडी, गायक संगीतकार, लेखक, कवि, बिद्यालय लगायत विभिन्न बिधामा रहनु हुने २९ जना ब्याक्तित्व  र संघ सस्थालाई नगरसहित सम्मान गरिएको सरक्षक प्रतिष्ठानका अध्यक्ष समाजसेवी लालबहादुर थेबेले बताए ।

कार्यक्रममा तेईस जना आजिवन सदस्यहरुलाई आजिवन सदस्यता प्रमाणपत्र बितरण गरिएको थियो भने सरक्षक अर्जुन थेबेद्वारा आमाको स्मृतिमा भर्खरै रसुवामा गएको बाडी सम्बन्धि मार्मिक कविता प्रस्तुत गरेका थिए । 

प्रतिष्ठानले समाज र देशका लागि एउटा उदाहरणीय कार्य गर्दै आएको छ । समाजमा लुकेका ब्याक्तित्वहरुको खोजी गरि अरुलाइ प्रोत्साहित गर्न चालेको यो सराहनीय कार्य सस्था दर्बिलो बनाउन प्रतिष्ठान सबै सरक्षकहरुको एकमाना एकढिका हुनु पर्ने भन्दै आगामी दिनमा अझ प्रगति उन्नति कामना प्रमुख अतिथि पत्रकार महासंघ सस्थापक महासचिव साहित्यकार गायक संगीतकार चन्द्र भण्डारीले व्यक्त गरेका थिए । साथै कमलप्रसाद न्यौपाने, दशरथ माबिका प्रधानाध्यापक केशव पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रम अध्यक्ष थेबेले बार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्वागत उपाध्यक्ष विश्व थापाले गरेको कार्यक्रमको सहजीकरण महासचिव मोहन अधिकारीले गरेका थिए ।