बिर्तामोड । 

झापाको बिर्तामोड–५ स्थित जात्रुवाडीमा मुख्य कार्यालय रहेको आवद्ध बचत तथा ऋण सहकारी संस्थाले २१ जनालाई सम्मान गरेको छ । बिर्तामोडमा आज (.सोमवार) भएको १४ औं बार्षिक साधारणसभाका अवसरमा सदस्यहरुलाई बिभिन्न शिर्षकमा सम्मान तथा पुरस्कृत गरिएको हो । 

अनिवार्य बचत प्रदीप भण्डारी, नानीबाबु बचत प्रितम कार्की, आवद्ध बिशेष बचत ओमादेवी ढकाल र पद्माकुमारी बानीया, मासिक बचत मेदनीप्रसाद ढकाल, पेन्सन बचत केसीका खड्का खातुन र महेन्द्र कुँवरलाई सम्मान गरिएको छ । यसैगरी उत्कृष्ट कारोवारका रुपमा रेनुका लिम्बु, फिरोज मिया, मनकुमारी लिम्बु, मन्जु मगर सापकोटा, टिकाराम चम्लागाई साथै सदस्यका सन्तनी मध्ये एसईई उत्कृष्ट दिप आचार्य, अन्सु बस्नेत र आश्विनी शिवाकोटीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । 

बिपन्न सदस्य सहयोग सम्मान नसिमा खातुन, जरा खातुन, धौली राजवंशी, सूर्यबहादुर बस्नेत, विरेन्द्र यादव र रामनारायण चौधरीलाई नगदसहित सम्मान गरिएको थियोे ।  

संस्थाका अध्यक्ष  नन्दमान भट्टराई (नरेश) को अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । संस्थाका उपाध्यक्ष गौरीप्रसाद भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका ब्यवस्थापक पर्वतराज चिमरियाले गरेका थिए । 

आर्थिक बर्ष २०८२/०८३ सम्म ३ हजार ९२ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ३ करोड, २१ लाख ७७ हजार ९०० रुपैयाँ रहेको अध्यक्ष भट्टराईद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 

अध्यक्षको प्रतिवेदन अनुसार संस्थाको कुलसम्पत्ती ४३ करोड ५३ लाख ५६ हजार २९९ रपैयाँ, ८९ पैसा, निक्षेप संकलन तथा फिर्ता २९ करोड ५५ लाख २९ हजार १९२ रुपैयाँ ८० पैसा, संस्थागत पुँजी ६ करोड ९० लाख ६७ हजार ७०१ रुपैयाँ १२ पैसा र ऋण लगानी २९ करोड ७३ लाख ३० हजार ७४० रुपैयाँ २५ पैसा रहेको छ । यस आर्थिक बर्षमा संस्थाले ६५ लाख १० हजार ६१५ रुपैयाँ १८ पैसा खुद नाफा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा बाह्य लेखा परिक्षणाका बिषयमा पर्शुराम बुढाथोकीले जानकारी गराएका थिए । 

कार्यक्रममा अर्जुनधारा–९ का वडाध्यक्ष भिष्म मिश्र, सल्लाहकार सदस्य निर्मल भट्टराई, देवेन्द्र हुमागाई, नारायणप्रसाद चिमरिया, नेपाल उद्यमशील महिला संघ झापा निवर्तमान अध्यक्ष पार्वता खरेल विमलीलगायतको आतिथ्य रहेको सेवा केन्द्र प्रमुख कैलाश रेग्मीले जानकारी दिए ।