मेचीनगर । 

मेचीनगर–९ मा रहेको थोप्लेविरान युवा क्लबले प्रथम जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। खेलकुदमार्फत अनुशासन, भाइचारा र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

प्रतियोगिता मेचीनगर–९ स्थित थोप्लेविरान खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा जिल्लाका विभिन्न क्षेत्रका फुटबल टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

फुटबलको माध्यमबाट स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदप्रति युवाको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

प्रतियोगिताले मेचीनगर क्षेत्रमा फुटबल खेलको विकास, नयाँ खेलाडी उत्पादन र स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगिताको आयोजक थोप्लेविरान युवा क्लब रहेको छ ।