बिर्तामोड । 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापाको बिर्तामोड नगरपालिकामा संगठन पुनर्जागरण अभियान सञ्चालन गरेकोे छ । नेकपाले मंगलबार जिल्ला पार्टी कार्यालय झापाामा अभियान तथा विशेष वैठक गरेर अभियानको उद्घाटन गरेको हो । 

नेकपा बिर्तामोड नगर संयोजक जेवी जबेगुको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा अभियानका समन्वय प्रमुख झलकसिंह दर्लामी सन्देशले अभियानको योजनाका बिषयमा जानकारी गराएका थिए । सन्देशले अभियान अन्तरगत सदस्यता नविकरण तथा वडा अधिवेशन तयारी गरिने बताएका छन् । 

कार्यक्रममा पार्टीीका केन्द्रिय सदस्य तथा अभियानका समन्वय उप–प्रमुख ज्योतिसिंह दर्लामी, धनबहादुर पन्धाक, डा. विष्णु मिश्र, पार्टीका केन्द्रिय सदस्यहरु सीपी कडरिया, बिजय ओली, दीपक मिश्र, प्रदेश सचिवालय सदस्य भूपाल सापकोटा, कुवेर श्रेष्ठ (अरुण), भोजराज प्रधान (भिष्म), नेकपा नेता देशु बनेम, झापा संयोजक खड्गबहादुर तिम्सिना (पवन)लगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रमको सञ्चालन पार्टीका बिर्तामोड नगर सह–इन्चार्ज गणेश कालिकोटेले गरेका थिए ।