हल्दीवारी । 

झापाको हल्दीवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) लाई उच्च सम्मानसहित बिदाई गरिएको छ । पालिकामा बिहीवार आयोजित कार्यक्रमकाबिच उनलाई भव्य सममनसहित बिदाई गरिएको हो । 

हल्दीबारी गाउँपालिकामा ३ वर्ष २ महिना प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत वनलाई उच्च सम्मानका  बिदाइ गरिएको पालिकाका योजना शाखाा प्रमुख राज न्यौपानले जानकारी दिए ।  

वनलाई गाउँपालिका  अध्यक्ष रविन्द्र लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली सहित सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीसँगै विभिन्न विद्यालय, संघ–संस्था र सामाजिक क्षेत्रका प्रतिनिधिहरूले समेत बिदाइ गरेका छन्। 

बिदाइ कार्यक्रममा सहभागीहरूले उनको कार्यकालमा प्रशासनिक सेवा प्रवाह, विकास निर्माण तथा संस्थागत गतिविधिमा उत्कृष्ट कार्य सम्पादन गर्दै जनप्रतिनिधि, कर्मचारी र विभिन्न संघ–संस्थासँग समन्वय र सहकार्यलाई प्रभावकारी बनाएको उल्लेख गरे।

३ वर्ष २ महिनाको कार्यकालमा हल्दीबारीको विकास र समृद्धिका लागि पुर्‍याएको योगदान तथा सहकार्यप्रति सवैले प्रशंसा गर्दै आगामी दिनहरू अझै सफलताको शुभकामनासमेत दिएका थिए ।