बिर्तामोड ।
झापाको बिर्तामोड–५ को श्री पतालगंगा बचत तथा ऋण सहकारी संस्थाको १८ औं बार्षिक साधारणसभाबाट दुई जना सदस्य निर्वाचित भएका छन् । बिर्तामोडमा बिहीवार साधारणसभाले रिक्त रहेको दुई सदस्य पदको निर्वाचन गरेको थियो । साधारणसभाको बन्दसत्रमा भएको निर्वाचनबाट संस्थाको सञ्चालक समिति सदस्यमा अनिलकुमार साह र कर्णकुमारी प्रधान सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवत्ता खेमनाथ भट्टराईको संयोजकत्व पत्रकार उद्धव पुरी र रिता सापकोटा सदस्य रहेको निर्वाचन समितिले रिक्त रहेका दुई पदको निर्वाचन गराएका थिए ।
संस्थाका अधयक्ष युवराज गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्थाका उत्कृष्ट सदस्यहरुसहित एक जना पत्रकारलाई सम्मान गरिएको थियो । कार्यक्रमका उत्कृष् उद्यमीका रुपमा लीला लिम्बु, उत्कृष्ट बचत कर्ता भीमबहादुर लिङ्देन, चेतराम दुलाल, सन्तोष साह , उत्कृष्ट कर्मचारी रेनुका सुब्वा र उत्कृष्ट पत्रकारका रुपमा इन्द्रसिंह राजवंशीलाई नगदसहित सम्मान गरिएको थियो ।
आर्थिक बर्ष २०८२/०८३ सम्ममा एक हजार ५१५ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ८५ लाख ९२ हजार ४०० रुपैयाँ रहेको अध्यक्ष गिरीद्धारा प्रस्तुत प्रतिवेदनका उल्लेख छ ।
कार्यक्रममा लेखा समिति संयोजक हरिप्रसाद दाहालले लेखा प्रतिवेदन, संस्थाका उपाध्यक्ष तथ धितो निरिक्षक उप–समितिका टंकप्रसाद भेटवालले स्वागत तथा प्रतिवेदन, संस्थाका सचिव तथा ऋण उपसमितिका इन्द्रनारायण श्रेष्ठले सचिवको प्रतिवेदन र निमित्त व्यावस्थापकको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका निमित्त व्यवस्थापक सापकोटाले गरेकी थिइन् । सोही कार्यक्रमकाबिच संस्थाका कर्मचारीहरुलाई व्यागसमेत बितरण गरिएको थियो ।
प्रतिक्रिया 0