सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा कनकाई मिनी गोल्डकप दोस्रो संस्करण हुने भएको छ । कनकाई स्पोटिङ क्लवको आयोेजनामा भोलि शुक्रवारबाट अर्थात असोज २३ गतेदेखि ३० गतेसम्म कनकाई माविको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको छ । 

आयोजक क्लवका अध्यक्ष इन्द्रजित बुढाले प्रतियोगिताको पूर्व सन्ध्यामा पत्रकारहरुसँग कुरा गर्दै प्रतियोगिताको तयारीका बिषयमा जानकारी दिएका हुन् । कनकाई नगरपालिका तथा झापा जिल्लामा फुटववल खेलकोे विकास गर्दैै प्रतिभावान खेलाडीको पििहचान, उत्पादन तथा प्रवर्धन गर्नु र युवालाई स्वास्थ्य अनुशासित तथा सकारात्मक जीवनशैली तर्फ अभिप्रेरित गर्ने मुख्य उदेश्का साथ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष बुढाले जानकारी दिए । 

प्रतियोगितामा आठ वटा टिमको सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद २ लाख एक हजार १११ रुपैयाँ र उपविजेताले नगद एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बुढाले बताए । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, सार्वधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, म्यान अफ द सिरिज, उत्कृष्ट प्रशिक्षकलगायतका बिधामा पनि नगदसहित पुरस्कार प्रदान गरिने बताइएको छ ।   

अध्यक्ष बुढाका अनुसार प्रतियोगिता सम्पन्न गर्न अनुमानित १६ लाख ५० हजवार २०० रुपैयााा खर्च हुनेछ । प्रतियोगिता सम्पन्न गर्न कनकाई नगरपालिकासहित बिभिन्न संघसंस्था तथा खेलप्रमीकोेहरुको सहयोग रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले गर्ने बताइएको छ ।