बिर्तामोड ।
बिर्तामोड उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यमी समुहले बिर्तामोडस्थित एटुजेट ब्राइडल थ्रिडी मेकअफ स्टुडियो एन्ड एकाडेमीको प्राविधिक सहयोगमा सञ्चालन गरेको ब्यूटिसियन तीन महिने बेसिक तालिम समापन गरेको छ ।
समुहले शुक्रवार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी तालिम समापनसँगै तालिममा सहभागी १८ जनालाई प्रमाणपत्रसमेत वितरण गरेको हो ।
समुहकी अध्यक्ष राधिका चुडाल हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योेग बाणिज्उय संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो । स्वागत समुहकी कोषध्यक्ष गोमा दंगालले गरेको कार्यक्रमको सञ्चालन समुहकी महासचिव लीला अनमोलले गरेकी थिइन् ।
सोही कार्यक्रमकाबिच देशकै सवैभन्दा ठूलो सहकारी सहारा नेपाल साकोसको सञ्चालक सििमतिमा निर्वाचित भएको भन्दै समुहकी अध्यक्ष राधिका चुडाल हुमागाईलाई सम्मानसमेत गरिएकोे थियो । यसैगरी आउँदै गरेको बिजयादशमी २०८३ कोे शुभकामना आदानप्रदानसमेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि न्यौपाने, समुहकी पूर्व अध्यक्ष तिलोत्तमा खत्री, संघका महासचिव कुसल खतिवडालगायतले समुहको कार्यक्रम प्रशंसा गर्दै शुभकामना मन्त्य राखेका थिए । कार्यक्रममा महिलाहरुलाई सीपमुलक तालिमका माध्यमबाट स्वरोजगार बनाउने उद्येशयले समुहले बिभिन्न संघसंस्थाको सहकार्यमा तालिम प्रदान गर्दै आएकोे समुहकी अध्यक्ष राधिका चुडाल हुमागाईले बताइन् ।
समुहले बिभिन्न सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि त्यस्ता कार्यक्रmमलाई निरन्तरता दिने बताइएको छ । समुहले गत साउनमा अर्जुनधाराा जलेश्वरधाममा सातु, महि र सर्वत वितरण, बिर्तामोड–२ स्थित वीरअमरसिंह माविमा ४५ जना छात्रछात्राहरुलाई कमला अग्रवालको सासुको तिथिको अवसर पारेर ब्याग वितरण, रसुवाको भोटेकोशी–त्रिशुली बाढीििपडीतलाई संघले संकलन गरेको सहयोग कोषमार्फत २१ हजार १०० रुपैयाँ सहयोगसहित बिभिन्न कार्यक्रम गर्दै आएको संस्थाकी अध्यक्ष राधिकाले जानकारी दिइन् ।
प्रतिक्रिया 0