गरामनी ।
केजीएफ फाउण्डेशनले झापाको बिर्तामोड–७ का एक सय वढी बिपन्नलाई कपडा वितरण गरेको छ । फाउडेशनले शनिवार बिर्तामोेड–७ स्थित जेष्ठ नागरिक भवनमा एक संक्षिप्त कार्यक्रमकाबिच बिपन्न सन्थाल समुदायका छोराछारीलाई दशैको अवसर पारेर कपडा वितरण गरेको हो । फाउण्डेशनले टिसर्ट, टाउजर, जामा, स्कट, पेन्ट, लेहंगा जस्ता कपडा वितरण गरेको बताइएको छ ।
मानव तथा पशुपन्छीको सेवाको क्षेत्रमा काम गर्दै आएको फाउण्डेशनले सामाजिक व्यत्त्तिव तथा बिर्तामोड सानाशहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोलाको सहजीकरणमा सो क्षेत्रका सन्थालहरुका छोराछोरीलाई कपडा वितरण गरेको फाउण्डेशनका सदस्य आधार घिमिरेले जानकारी दिए ।
बिर्तामोडमा रु. ५ मा खाना खुवाउँदै आएको केजीएफले समस्यामा परेका मानिसहरुलाई सहयोग गर्दै आएको छ । स्थानीय हडम मुर्मुको अध्यक्षतामा भएको कार्यक्रमा सामाजिक व्यक्तित्व मेघराज वास्तोलाको प्रमुख आतिथ्य रहेकोे थियो । प्रमुख अतिथि बास्तोला, फाउण्डेशनका अध्यक्ष येहाङ लाबुङ, संस्थापक अर्थ सचिव बिक्रम सुब्वा, सदस्य ज्ञानेन्द्र कटुवाल, मुना तामाङलगायतले कपडा वितरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बास्तोलाले केजीएफले गरेकोे मानव सेवाको प्रशंसा गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश अर्थसचिव सुब्बाले पारेका थिए भने सञ्चालन सञ्चारकर्मी भरत प्रसाईले गरेका थिए । फाउण्डेशनले रसुवाको भोटेकोशी–िित्रशुली वाढीपिडीतलाई पनि सहयोग गरेको थियो र अन्य स्थानमा पनि सहयोग गर्ने जनाएको छ ।
प्रतिक्रिया 0