झापा ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। शुक्रबार भएको मतदानको मतगणना शनिबार बिहान सम्पन्न हुँदा उनी अत्यधिक बहुमतले निर्वाचित भएका हुन् ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा राति अबेरदेखि मतगणना गरिएको थियो। महाधिवेशनको सञ्चार केन्द्रका अनुसार सभापतिमा निर्वाचित थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए। कुल ५४ मत बदर भएको थियो।
निर्वाचन समितिका अनुसार ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए।
प्रतिक्रिया 0