धुलावारी । 

 सहयोगी मनहरु नेपाल दमक झापाले दशै,तिहार,छट विषेश शुभकामना आदान–प्रदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ ।  झापाको मेचीनगर–९ कवि शिरोमणी माध्यमिक बिद्यालयस्थितखुकटेडाँगीमा  कार्यक्रmम सम्पन्न गरेको छ ।

मेचिनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीको प्रमुख आतिथ्य एवं वडा नं ९ का अध्यक्ष कंचन तामाङको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रमलाई स्वागत संस्थाकि उपाध्यक्ष प्रकृति खड्का, कार्यक्रमको औचित्यमा  माथि प्रकाश कार्यक्रम संयोजक प्रतिक्षा पराजुली र कार्यक्रम सञ्चालन सचिव विष्णु उप्रेतीले गरेका थिए । 

दीप प्रज्वलन गरि उदघाटन गरिएको कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं.९ का  असक्त असाहय जेष्ठ  नागरिकहरु १३ जना पुरुषसहित ३० जनालाई जनही एक थान सिरक र एक जोर लुगाले सम्मान गरिएको थियो  । 

सो वितरण गर्दै प्रमुख अतिथि बुढाथोकीले संस्थाको गतिविधिलाइ आफुले नजिकवाट निहालिरहेकको भन्दै पालिकाले  समेत मानवीय सेवामा संस्थालाई सहयोग गर्ने वताए । उउनले भने ‘हरेक  क्षेत्रमा स्थानिय सरकारको उपस्थिति रहन्छ, त्यो मात्र पर्याप्त नहुन सक्छ, त्यसैले कुनैपनि सामाजिक संस्थाहरुको कार्यक्रमलाइ हरेक क्षेत्रमा स्थानिय सरकारले समन्वयकारी भूमिकामा रहनेछ ।’ यसैगरि प्रकृतिश्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी केन्द्रीय सदस्य संगिता थापाले संस्थाले आयोजना गरेको यस किसिमको कार्यले जेष्ठ नागरिक प्रतिको उच्च सम्मान मात्र नभएर समाज प्रतिको उत्तर दायित्व समेत वोध गरेको भन्दै धन्यवाद दिदै हरेक कार्यक्रममा आफुपनि सहयोगी वन्दै आएको समेत स्मरण गरिन् । 

संस्थाको तर्फवाट चाडवाड विषेश शुभ कामना राख्दै पुष्पराज भट्टराईले सहयोगी दाताहरुले हाम्रो प्रस्तावलाइ  स्विकार गरि कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नेहरु प्रति आभार ब्यक्त गर्दै संस्थाले आयोजना गर्ने हरेक कार्यक्रममा सहयोगवाटै सम्पन्न हुँदै आएको वताए । कार्यक्रमलाइ विदेशमा रहने ठाकुर भण्डारी, गोपाल जंग बिष्ट, लक्ष्मण भण्डारी तथा सामाजिक ब्यक्तित्वहरु संगीता थापा, विष्णु बुढाथोकी र सुमन कटवालले सहयोग गरेको समेत जानकारी दिए । कार्यक्रममा सामाजिक ब्यक्तित्व नेत्र न्यौपाने कोषाध्यक्ष सीता तिम्सिना, सीता पौडयाल, दिलु दहाल, मदन आचार्य, जानुका ओली, राजेश शिवाकोटी, अमृता गौतम, अर्जुन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

संस्थाले सामाजिक सदभाव कायम गर्दै दिन दुखीहरुको सहयोगमा  सहभागी हुदै  अनावश्यक खर्च कटौती गरि सामाजिक कार्यमा हातेमालो गर्न सवैमा अनुरोध समेत गरेको छ ।