बिर्तामोड । 

झापाको बिर्तामोड–४ बाट प्रकाशन तथा प्रशारण हुँदै आएको शब्दपत्र प्रकाशन प्रा.लि. द्धारा सञ्चालित शब्दपत्र डटकम अनलाइन न्युज पोर्टल छैटौं बर्षमा प्रवेश गरेको छ । शब्दपत्रले बिभिन्न आरोह–अवरोेह पार गर्दै पाँचौ बर्ष सफलतापूर्वक पूरा गर्दै छैटो बर्ष प्रवेश गरेको प्रालिका सम्पादक तथा प्रकाशक उद्धव पुरीले जानकारी दिए । 

विशेष गरेर स्थानीय समाचार तथा सूचनालाई प्राथमिकता दिदै आएको शब्दपत्रले छैेटो बर्ष सफलता पूर्वक प्रवेश गर्न साथ, सहयोग र हौसला प्रदान गर्नु हुने प्रालिका सञ्चालक, सल्लाहकार, शुभचिन्तक, बिज्ञापन दाता, पाठकसहित सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गरेको छ ।

शब्दपत्रले जस्तोसुकै परिस्थितिमा पनि पत्रकाररिताको आचारसंहितालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको प्रालिका अध्यक्ष बालकृष्ण गिरीले जानकारी दिए । 

देशको राजनीतिक उथलपुथल साथै बिषम परिस्थितिमा पनि पत्रकारिताका  माध्यमबाट पाठकबर्गलाई सूचना तथा समाचार पस्कदै आएकोे शब्दपत्रले प्रत्येक बर्ष घटस्थापनालाई बार्षिकोत्सवका रुपमा मनाउने गरेको छ । प्रालिले अघिल्ला बर्षहरुमा बिभिन्न सामाजिक कार्य गर्दै बार्षिकोत्सव मनाउँदै आएको थियो ।