बिर्तामोड ।
अन्तु मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन न्युज पोर्टल ‘अन्तु टाइम्स डटकम’ सञ्चालनमा आएको छ। झापाको बिर्तामोड–१ मा कार्यालय रहने गरी प्रालि सञ्चालनमा आएको हो ।
कम्पनीका सञ्चालकमा सुरेन्द्र भण्डारी र चान मोहम्मद रहेका छन् भने सम्पादक नवीन भण्डारी रहेका छन् । अन्तु टाइम्सले खोजमूलक समाचारसँगै समाजमा सकारात्मक परिवर्तन ल्याएका व्यक्ति तथा संस्थाका सफलताका कथा, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन र साहित्यसम्बन्धी सामग्रीलाई पनि प्राथमिकताका साथ प्रस्तुत गर्ने सञ्चालक भण्डारीले बताए।
अन्तु टाइम्सले जिम्मेवार डिजिटल पत्रकारिताको अभ्यासलाई अघि बढाउने बताइएको छ ।
प्रतिक्रिया 0