चारपाने ।
झापाको बिर्तामोड–२ स्थित शिक्षा शिकोप निकेतन मण्टेश्वरी बिद्यालयले बार्षिक कार्यक्रम अन्तरगत यसबर्ष अध्ययनरत नानीबाबुहरुलाई बडादशैंको अवसर पारेर टिका, जमरा लगाउँदै दक्षिणा दिएर दशैं मनाएको छ ।
नानीबाबुहरुलाई सानैदेखि नेपालीहरुको परम्परा सिकाउने उदेश्यले शुक्रवार बिद्यालय परिसरमा टीका जमरा लगाएको बिद्यालयले जनाएको हो ।
बिद्यालय व्यवस्थापन समितिकी अध्यक्ष चीजा राईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी शिक्षा, युवा तथा खेलकूद शाखाकी अधिकृत जानुका रेग्मीको प्रमुख आतिथ्य रहेको थियो ।
नानीबाबुहरुलाई प्रमुख अतिथि रेग्मी, बिद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष राई तथा शिक्षा वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुव्रत न्यौपाने, बिद्यालय ब्यवस्थापन समिति सदस्य लक्ष्मीप्रसाद घिमिरे, तीला गौतमलगायतले टिका, जमरा लगाउँदै दक्षिणासमेत दिएका थिए । सोही कार्यक्रमकाबिच बिद्यालयका शिक्षक, कर्मचारीलाई पनि टिका तथा जमरा लगाइएको थियो ।
बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा वहुउद्देश्यीय सहकारी संस्थाले ५ बर्षअघिदेखि उक्त बिद्यालय सञ्चालन गरेको हो । हाल बिद्यालयमा एक सय वढी नानीबाबुहरु अध्ययनरत रहेको छन् भने शिक्षक तथा कर्मचारी १४ जना रहेकोे बिद्यालयकी प्रिन्सिपल सुरक्षा श्रेष्ठले जानकारी दिइन् ।
प्रतिक्रिया 0