धुलाबारी । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य, कोशी प्रदेश संयोजक गोमा भट्टराईले धोकाको राजनीति गर्नेले क्षणिक चटक देखए तापनी निष्ठाको राजनीतिलाई सधैं ओझेल पार्न नसक्ने बताएकी छिन् । नेपाली कांग्रेस झापा क्षेत्र नं.१ को क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै गोमा भट्टराईले जाल–झेल, षडयन्त्रले पार्टी कब्जा गर्छु भन्ने सोच नै गलत भएको बताइन्  । 

केन्द्रीय सदस्य माहेन्द्रा कुमारी सुब्बा लिम्बुले गतबर्ष भदौ २२ गतेसम्म देउवा निवासमा ०८३ को भदौमा महाधिवेशन गर्ने सहमती गरेर भोज खाइरहेका दुइजना महामन्त्रीहरुले भदौ २४ गतेपछी विशेष महाधिवेशनको माग रहस्यमय ढङ्गमा अघि बढाएको बताइन् । 

नेपाली कांग्रेस १५ औं  नियमित महाधिवेशन तयारी समिती झापाका सचिव कृष्ण हुमागाईले आफू बाहेक अरु कोही नेतृत्वमा स्थापित हुन नसकोस भन्ने सोच राख्ने मान्छेका करण विशेष अधिवेशनवालाको कथित महधिवेशमा झापाट १९ जनाले उम्मेदवारी दिएपनी एकजनाले मात्र चुनाव जित्न सकेको बताए । 

कांग्रेसको ईतिहास र बिधानमै नभएको बरिष्ठ उपाध्यक्ष पद अचानक खडा गरेर अरुलाई थाहै नदिई विशेष पद पडकाउने चंखे प्रवृत्तिले कार्यकर्ताको संरक्षण, सुरक्षा र न्याय प्रदान गर्न नसक्ने ठानेर नै थुप्रै साथीहरु झुठको पुलिन्दाको झुण्डलाई त्यागेर पार्टीको मुलधारमा आफुहरुसँगै जोडिदै आइरहेको जिल्ला संयोजक हुमागाईले जानकारी दिए । 

जिल्ला  अधिवेशन तयारी समिति झापाका सदस्य सचिव संजय निरौलाले अग्रजको सम्मान गर्दै युवालाई नेतृत्वको जिम्मेवारीमा पुर्याउने योजनासहित आफुहरु पार्टीको नियमित महाधिएवेशनमा होमिएको जनाए । 

१ नं. क्षेत्रीय अधिवेशन तयारी समितिका संयोजक बालजित राईको सभापतित्वमा भएको सो कार्यक्रममा उम्मेदवारी दर्ता प्रक्रिया र विभिन्न कलष्टरका बरेमा जिल्ला निर्वाचन अधिकृत नारायण प्रसाद पोखरेलले प्रकाश पारेका थिए भने कोशी प्रदेश सदस्य शोभा नेम्बाङ्गले सञ्चालन गरेको सो कार्यक्रममा लक्ष्मी काफ्लेले स्वागत मन्तब्य राखेकी थिइन् ।