झापा ।
देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यस प्रभावका कारण हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हिमपातको सम्भावना छ ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।
आगामी समयमा देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा पनि आंशिक बदली हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मौसम प्रभावित बन्नेछ। देशको हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। यसका साथै सोही क्षेत्रका एकदुई स्थानमा हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया 0