झापा ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ भने लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग साथै देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने, पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ तथा तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया 0