झापा ।
कटुवा पेस्तोलसहित झापाको हल्दीवारीबाट एक जना पक्राउ परेका छन् । आइतवार साँझ ६ बजेको समयमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले ती व्यक्तिmलाई पक्राउ गरेको हो ।
हल्दीबारी गाउँपालिका वडा नं.५ घर भई हाल भद्रपुर नगरपालिका–६ स्थित साजन होटल (खाजा नास्ता) सञ्चालन गर्ने अन्दाजी ४४ बर्षीय मनकुमार लिम्बु कटुवा पेस्तोलसहित पक्राउ परेका हुन् ।
हतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा उनको कोठा खानतलासी गर्दा उनी सुत्ने बेड मुनि लुकाई छिपाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल फेला पारी प्रहरीले बरामद गरेकोे जनाएको छ ।
पेस्तोलसहित लिम्बुलाई समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया 0