झापा । 

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आजदिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।  देशको हिमाली भूभाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ ।

आजराति कोशी  र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सु÷कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।