बिर्तामोड । 

झापाका नदी तथा खोला र जलशायहरुमा उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न भएको छ । छठपूजाको अन्तिम अर्थात चौथो दिन सोमवार उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व सम्पन्न भएको हो । कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर सप्तमीसम्म विधिपूर्वक मनाइने चार दिवसीय यस अनुष्ठान अन्तर्गत आइतबार साँझ अस्ताउँदो र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व समापन भएको हो।

आइतवार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठ उत्सवका रुपमा यो पर्व झापासहित देशैभर भव्य रुपमा मनाएको छ । चारदिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको आज उदाउँदो सूर्यलाई अघ्र्य दिदै मनाइएको हो । पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखोनितो खाँदै ‘नहाय–खाय’ विधि पूरा गरेका थिए। दोस्रो दिन पञ्चमी तिथिमा दिनभर निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर ग्रहण गर्दै ‘खरना’ सम्पन्न गरिएको थियो। त्यसपछि षष्ठीको सन्ध्याकालीन र सप्तमीको प्रभातकालीन अर्घ्य दिएर चार दिन लामो कठोर व्रत पूरा भएको छ।

छठ पर्बका अवसरमा झापाका विभिन्न जलाशयमा ब्रतालूले विधिपूर्वक सूर्यको उपासना गर्दै मनाएका छन् । सो अवसरमा विभिन्न कार्यक्रमको समेत आयोजना गरिएको थियो । झापाको भद्रपुरस्थित मेची नदीसहित कनकाई माई, विरीङ, रतुवा, अन्धुवा, निन्दासहित विभिन्न खोला तथा नदी र जलाशयमा छठ पर्वका अवसरमा भिन्नाभिन्नै कार्यक्रमको आयोजना गरिएको थियो । 

छठ पर्बका अवसरमा विरीङ खोलामा औपचारिक कार्यक्रम नै गरेर छठ पर्व मनाइएको थियो । कात्तिक शुक्ल चतुर्दशीबाट शुरु हुने छठ पूजामा ब्रतालुले ३६ घण्टा लामो निर्जल ब्रत बसेर यो पूजा आराधना गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो पर्व समापन हुने गरेको छ ।  अर्जुनधारा–६ पुलचोकस्थित अन्धुवा खोला पनि ५० पूजाघाट निर्माण गरी बिभिन्न भक्तिसंगीतसहित सांस्कृति कार्यक्रम गरी मनाईएको थियो । झापाका बिभिन्न नदी, खोला र जलशाय गरी ५३ स्थानमा छठपूजा मनाईको बताइएको छ ।