शिवसताक्षी ।
झापा शिवसताक्षि नगरपालिकामा योङ्ग कम्यनिष्ट लिग (वाइसिएल) को वडा कमिटि गठन भएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको शिवसताक्षि वडा नं. ७मा गौरव बजगार्इको अध्यक्षतामा २९ सदस्यीय वाड नम्बर ५ चित्रकुमार श्रेष्ठको अध्यक्षता २३ सदस्य वाड नम्बर ४ मा गुरु प्रसाद् माझीको अध्यक्षता १९ सदस्य मा वडा कमिटि गठन भएको हो ।
शिव सताक्षी को चन्द्रडागी मा सम्पन्न भेला ले समिति को सचीवमा बिबेक आचार्य कोषाध्यक्षमा प्रमिला दर्नाल रहेका छ्न्। जनता बजारमा भएको भेलाले वाड नम्बर ५ को उपाध्यक्षमा मेघराज ताजपुरिया सचिवमा बिक्रम लिम्बु स–सचिव भैरब ताजपुरिया चयन भएका छन्।
त्यस्तै वाड नम्बर ४ को उपाध्यक्षमा कुलदिप ताजपुरिया सचिवमा राजेश ताजपुरिया स–सचीव बुधकरन राजबंशी कोषाध्क्षमा भिमवती माझी चयन भएका छन्। कार्यक्रममा नेकपा माओवादी केन्द्रका झापा जिल्ला सह इन्चार्ज झलक शिह दर्लामी, प्रदेश कमिटी सदस्य कल्पना कार्की नगर अध्यक्ष महेन्द्र भट्टराईलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
उक्त कार्यक्रममा माओवादी केन्द्रका जिल्ला स–इन्चार्ज झलकसिंह दर्लामीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सदस्य कल्पना कार्की, जिल्ला सचिवालय सदस्य रामबहादुर राई, नगर अध्यक्ष महेन्द्र भट्टराई, नगर अध्यक्ष इन्द्र नेउपानेको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगर सदस्य कचाली ताजपुरिया भुवन राई ,गणेश बजगाइ, गुलाफी ताजपुरिया वाड नम्बर ७ का वडा अध्यक्ष अम्बिका अधिकारी, सचीव चैतु राजवंशी, वडा नम्बर ४ का अध्यक्ष शिव बिमली सचिव टेक नारायण राजवंशी, वडा नम्बर ५ का अध्यक्ष हलचल ताजपुरिया सचिव नरबहादुर लिम्बू लगायतको उपस्थिति रहेको थियो ।
कृष्ण राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिव बिमलिले गरेका थिए थिए भने कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सदस्य भुवन रार्इले गरेका थिए ।


















