मोरङ ।
बिरानगर महा–नगरपालिका–७ बाट विचौलीयामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरानगर–१९ का ४६ बर्षिय विनोद राय, बिरानगर–५ का ६० बर्षिय रामा सुनुवार, ४५ बर्षिय दिलीप साह र बिरानगर–१२ का ३९ बर्षिय शिवकुमार कामत रहेका छन् ।
उनीहरुले आफ्नो सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने र आफुलाई कमिशन दिने फार्मेसीमा औषधी किन्न बाध्य गराउने कार्य गरी सर्वसाधारणलाई दुःख हैरानी दिएको भन्ने सुचना आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले मंसिर २९ गते पक्राउ गरी चारै जनालाई आवश्यक अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।


















