• राजु बराल  

चन्द्रगढी ।

दशैको अवसरमा झापाको भद्रपुर ९ स्थित वसन्त प्रगति टोल बिकास संस्थाको आयोजनामा सरसफार्इ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सन्चारकर्मी राजु बरालले दशैको ऐतिहासिक तथा सास्कृतिक महत्व बारे प्रकाश पारेको कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राम दाहाल र प्रहरी चौकी घोडामाराका प्रमुख लोकबहादुर थापाले शुभकामना मन्तब्य राखेका थिए । 

सोही कार्यक्रममा स्थानिय गोपाल कार्कीले टोल बिकास सस्थाको भवन निर्माणका लागि जग्गा निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । 

१२० भन्दा बढी घरधुरी समेटिएको वसन्त प्रगति टोलका स्थानियबासी सहभागी भएको सरसफाइ कार्यक्रम अन्तरगत शनिवार बिहान उक्त टोल क्षेत्रको सडकका खाल्डा खुल्डी सम्याउनुका साथै सडक आसपासको क्षेत्रको सरसफार्इ गरिएको थियो भने सो क्रममा डेङ्गु रोगबाट बच्ने उपायहरुका बारेमा समेत जानकारी गराइएको थियो ।

वसन्त प्रगति टोल बिकास सस्थाका अध्यक्ष टेकबहादुर रोक्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचिव सन्तोष ढुंगानाले गरेका थिए ।