विराटनगर। 

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर (आरआइटी) मा कार्यरत प्रहरी सहायक हवल्दार निरोज बस्नेत र इलाका प्रहरी कार्यालय हलेसी खोटाङमा कार्यरत प्रहरी सहायक हवल्दार भुवन खड्का बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

विभागीय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउने प्रहरी सहायक हवल्दार बस्नेतले बिराटनगरबाट बिभिन्न किसिमका सुन चाँदीका गरगहनाहरु चोरी निकासी गरी भारत तर्फ लगीरहेको अवस्थामा पक्राउ गर्न सफल भएको र खड्काले अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट  कार्य गरेकोले  उनीहरुले गरेको उत्कृष्ट तथा प्रशंसनीय कार्यको उच्च मुल्याङकन गर्दै २०८० साल बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो । 

 प्रदेश भरीबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु छनौट गर्दै हरेक महिना प्रदेश प्रहरी कार्यालय बिराटनगरले  महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गर्दै आईरहेको छ ।