बिर्तामोड । 

नेपाली कांग्रेस झापाको सभापतिमा कृष्णप्रसाद हुमागाँई निर्वाचित भएका छन् । बिर्तामोडमा शनिवार भएको नेपाली कांग्रेस झापाको   १५ औं नियमित महाधिवेशनबाट सभापतिमा हुमागाँई सर्वसम्मत निर्वाचित भएका हुन् । 

यसैगरी उप–सभापतिमा राजकुमार न्यौपाने, कालेन्द्रप्रसाद सिंह राजवंशी, सचिवमा संजय निरौला, बिष्णुप्रसाद खरेल, सह–सचिवमा चेतन खतिवडा, नेमेम्वरबिक्रम नेम्वाङ सर्वसम्मत निर्वाििचत भएका छन् । 

सदस्यहरुमा अपाङ्गतातर्फ नरेन्द्र्कुमार लिम्बु, खस आर्यतर्फ चेतनाथ भट्टराई, जेन्जीतर्फ बन्दना कुमारी गणेश साथै जिल्लाका १५ पालिका र १३१ वडालाई समेटेर ७३ सदस्सयीय नयाँ नेतृत्व चयन गरिएको बताइएको छ । 

  • को हुन् सभापतिमा निर्वाचत कृष्णप्रसाद हुमागाँई...?

यसअघि कोशी प्रदेश सम्मेलन, राष्ट्रिय सम्मेलन, झापा  जिल्ला अधिवेशन तयारी समिति र जिल्ला अधिवेशन आयोजक समितिको संयोजकको भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका हुमागाई निर्विरोध निर्वाचित भएका हुन् । 

यसअघि १४ माधिवेशनबाट जिल्ला सचिवमा कृष्णप्रसाद सिटौलाको टिमबाट निर्वाचित भएका हुमागाई र सह–सचिव कालेन्द्र राहवंशी बाहेकका जिल्ला पधाधिकारी बिश्वप्रकाश शर्माको टिममा बिलय भएका छन् । १४ औं  महाधिवेशनमा झापा जिल्ला कार्यसमितिका सबै पदमा सिटौला समूहले जितेको थियो ।

नेपाली कांग्रेसको १४ महाधिवेशनभन्दा अघिका कार्यकालहरुमा जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टीको जिल्ला प्रचार बिभाग प्रमुखको जिम्मेवारी पनि सम्हालिसकेका नेता हुमागाँईले कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य र जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिससकेका छन् ।

नेपाल पत्रकार महासंघ झापा  शाखाको सभापति, साप्ताहिक बिचार, रेडियो नेपाल, रासस, पूवर्न्चल दैनिक, लोकपत्र दैनिक, देशान्तर साप्ताहिक,झुल्केघाम, नयाँ संदर्भ, जय लोकतन्त्र साप्ताहिक,  स्पेशटाइम्स दैनिक, अर्जुनधारा दैनिक लगायत दर्जनौ संचार संस्थामा सम्वाददातादेखी प्रधनसम्पादकको जिम्मेवारी सम्हालिसकेका हुमागाँई प्रेस तथा अभिव्यक्ति  सवतन्त्रताको आन्दोलनको क्रममा  पटक–पटक हिरासतमा परेका थिए भने २०६१

माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको हत्या गरि सैनिक कु गरेपछी  संगठन बिभाग प्रमुख कृष्ण सिटौलासँगै तीन महिना भारतमा निर्वासित  जीवन बिताउनु परेको थियो । निर्वासनमा रहँदा पनि हुमागाईले नेपालमा तत्कालिन शाही सत्ताले गरेको दमनका बिरुद्ध अन्तरास्ट्रिय संचार माध्यममा नेपालको प्रेस स्वतन्त्रता र मानव अधिकारको दयनीय स्थितिका बारेमा समाचार प्रवाह गर्नुका साथै शाही अत्याचारका विरुद्ध आन्दोलना प्रचार सामग्री भारतमा तयार गरि छपाई गरेर नेपाल पठाउने जिम्मेवारी सम्हालेका थिए । 

 त्यसताका ज्ञानेन्द्र शाहले नेपामा सम्पूर्ण संचार माध्यममा सेन्सर र प्रतिबन्ध लगाएका थिए । राजाको कदम विरुद्ध कुनैपनी पर्चा, पम्प्लेट पोष्टर कसैले छाप्न नपाउन भनेर  प्रेसहरु पनि बन्द गराइएको थियो ।  जुझारु, निडर अनि संघर्षशील छवि बनाउनु भएका हुमागाई जन आन्दोलनका क्रममा निकै चर्चित छन् । उनी स्पष्टवक्ता र खरो बैचारिक बहस गर्नसक्ने कुशल वक्ता पनि हुन् ।